सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेसँगै जनकपुर बोल्ट्सले १ करोड १० लाख पुरस्कार जितेको छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर च्याम्पियन बनेको हो।
फाइनलमा पराजित भएर उपविजेता बनेपछि सुदूरपश्चिमले ५१ लाख रूपैयाँमा चित्त बुझाएको छ।
दोस्रो क्वालिफायरमा पराजित भएको कर्णाली याक्सले तेस्रो हुँदै २५ लाख पाएको छ।
यस्तै, इलिमिनेटरको खेलमा पराजित भएको चितवन राइनोजले १५ लाख पुरस्कार प्राप्त गर्न सफल भएको छ।