भारतको घरेलु क्रिकेट मुम्बईबाट खेल्ने तनुश कोटियन अस्ट्रेलियाविरुद्ध जारी बोर्डर–गावस्कर ट्रफीको अन्तिम दुई टेस्ट खेलका लागि भारतीय टोलीमा परेका छन्। उनी भारतको राष्ट्रिय टोलीमा परेको यो पहिलो पटक हो।
रविचन्द्रन आश्विनको स्थानमा २६ वर्षीय तनुशलाई टोलीमा समावेश गरिएको हो। आश्विनले गाबा टेस्टपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए।
त्यसपछि उनको स्थानमा अफस्पिनर बलिङ अलराउन्डर तनुशलाई टोलीमा समावेश गरिएको हो। हाल उनी विजय हजारे ट्रफीमा मुम्बईका लागि खेलिरहेका छन्।
भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टेस्ट सिरिज १-१ को बराबरीमा छ भने चौथो सिरिज बिहीबारबाट सुरू हुँदैछ।
२६ वर्षीय तनुशले ३३ प्रथम श्रेणी खेल खेलेका छन् र २५.७० को औसतमा १०१ विकेट लिएका छन्।उनले ४७ इनिङ्समा २ शतक र १३ अर्धशतकसहित ४१.२१ मा १५२५ रन बनाएका छन्।
उनी बोर्डर-गावस्कर ट्रफी अघिको भारत ए को अस्ट्रेलिया भ्रमणको टोलीमा थिए, जहाँ उनले एक खेल खेल्दा ४४ रन बनाउनुका साथै एक विकेट लिएका थिए।