जय ट्रफी मेन्स एलिट कपका लागि बागमती प्रदेशले आफ्नो टोली घोषणा गरेको छ। टोलीको कप्तानमा सन्दीप लामिछाने छन्।
चार टोलीले भाग लिने प्रतियोगिता वीरगञ्ज र जनकपुरमा पुस २१ देखि सुरु हुनेछ भने प्रतियोगिता माघ ३ गतेसम्म सञ्चालन हुनेछ।
जय ट्रफीको पहिलो संस्करणमा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका शीर्ष चार टिमले भाग लिन लागेका हुन्। बागमतीसहित नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र मधेश प्रदेशबीच प्रतियोगितामा प्रतिस्पर्धा हुनेछ।
बागमतीको टोली
सन्दीप लामिछाने (कप्तान), सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, शुभ कंसाकार, रोशन विक, सूर्यान्शु कोइराला, नन्दन यादव, प्रतीक श्रेष्ठ, तिलक राजभण्डारी।
प्रतियोगिताका लिग चरणका खेल दुईदिवसीय तथा फाइनल खेल तीनदिवसीय ढाँचामा संचालन गरिनेछ।
खेल तालिका
पुस २१ र २२ गते – मधेस भर्सेस बामगती (जनकपुर), पुलिस भर्सेस आर्मी (वीरगञ्ज)
पुस २४ र २२ गते – आर्मी भर्सेस बागमती (जनकपुर), मधेस भर्सेस पुलिस (वीरगञ्ज)
पुस २७ र २८ गते - पुलिस भर्सेस बागमती (जनकपुर), आर्मी भर्सेस मधेस (वीरगञ्ज)
माघ १,२, ३ गते – फाइल (लिग चरणका शीर्ष दुई टोली, वीरगञ्ज)