अस्ट्रेलियमा हुने टप एन्ड टी-२० सिरिजमा नेपाली राष्ट्रिय टोलीका ललित राजवंशीको सट्टामा साहब आलमले खेल्ने भएका छन्।
यसअघि अस्ट्रेलिया जाने तयारीमा रहेका ललितकी आमाको निधन भएपछि साहबलाई टोलीमा राखिएको हो।
नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काका अनुसार ललितको आमाको निधन भएपछि साहबलाई टोलीमा बोलाइएको हो। ललितको आमाको आइतबार मोरङमा निधन भएको थियो।
नेपाली टोली टप एन्ड सिरिज खेल्न अस्ट्रेलियाको डार्विन जाँदैछ।
उक्त सिरिज आगामी अगस्ट १४ देखि २४ सम्म हुनेछ। १६ सदस्यीय नेपाली टोलीमा पुरानै अनुहारको बाहुल्यता छ।
नेपालले यस वर्षको अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि अस्ट्रेलिया भ्रमण गर्न लागेको हो।
अस्ट्रेलियाको डार्बिनमा हुने प्रतियोगितामा नेपालले पहिलो खेल अगस्ट १५ मा नर्दर्न टेरिटोरी स्ट्राइकरसँग खेल्नेछ। त्यसपछि नेपालले बंगलादेश ‘ए’ १६ अगस्टमा, मेलबर्न स्टार्स १८ अगस्टमा, होबर्ट हुरिकेन्स १९ अगस्टमा, २० मा मेलबर्नसँग २० अगस्ट र पाकिस्तान साहिन्सासँग २२ अगस्टमा खेल्नेछ ।
नेपालले अस्ट्रेलियामा सिरिज खेलेपछि सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्दैछ।
त्यसपछि नेपाली टोली विश्वकप छनोट खेल्न ओमान जानेछ।
अस्ट्रेलिया नेपाली टोली
१ रोहित पौडेल (कप्तान)
२ दीपेन्द्रसिंह ऐरि (उप-कप्तान)
३ सन्दीप लामिछाने
४ कुशल भुर्तेल
५ आसिफ सेख
६ कुशल मल्ल
७ गुलशन झा
८ आरिफ सेख
९ भीम सार्की
१० रुपेस कुमार सिंह
११ सोमपाल कामी
१२ नन्दन कुमार यादव
१३ करण के सी
१४ रिजन ढकाल
१५ लोकेस बम
१६ साहब आलम