नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको अक्सन सकिएको छ। अक्सनमा आठ टोलीले २६ खेलाडीका लागि बोली लगाएका छन्। टोलीहरुले अब सूचीबाट बाँकी खेलाडी भित्र्याउने छन्।
ए श्रेणीका चार खेलाडीका लागि अधिकतम मूल्य लागेको छ। आदिल अन्सारी, पवन सर्राफ, देव खनाल र अर्जुन साउद १५-१५ लाख रूपैयाँमा बिक्री भएका छन्। चारै खेलाडीलाई भित्र्याउन एकभन्दा बढी टोलीले चासो देखाएपछि लक्की ड्र गरिएको थियो।
जसमा आदिल अन्सारीलाई भित्र्याउन आठ टोलीले नै बोली लगाएका थिए। काठमाडौं गोर्खाज लक्की ड्रमा सफल हुँदा उनले यो सिजन काठमाडौंबाट एनपिएल खेल्नेछन्।
तीन वर्षअघि फिक्सिङको आरोप लागेपछि क्यानबाट निलम्बित भएका पावर हिटर आदिलले अदालतबाट भने सफाइ पाएका थिए। क्यानले केही महिनाअघि उनीमाथिको निलम्बन फुकुवा गरेपछि यो सिजन उनले एनपिएल खेल्न लागेका हुन्।
अक्सनमा बोली नलागेका खेलाडीलाई फेरि सूचीबाट टोलीमा लिन सक्ने व्यवस्था छ।
यो सिजनको अक्सनमा कम्तिमा ३७ खेलाडी भित्र्याउन मिल्ने कोटा छ। अब बाँकी ११ खेलाडी सूचीबाट टोलीहरुले लिनेछन्।
अक्सनमा ए श्रेणीको न्यूनतम मूल्य १० लाख र अधिकतम १५ लाख रुपैयाँ हुनेछ। बीको न्यूनतम ५ लाख र अधिकतम १० लाख रुपैयाँ हुनेछ। सी श्रेणीको न्यूनतम २ लाख र अधिकतम ५ लाख रूपैयाँ हुनेछ।
कुन टोलीमा को खेलाडी?
चितवन राइनोज - देव खनाल, अर्जुन साउद
विराटनगर किंग् : सूर्य तामाङ, शाहिल पटेल, नारायण जोशी
लुम्बिनी लायन्स : दिलिप नाथ, विशाल पटेल, शेर मल्ल
सुदूरपश्चिम रोयल्स : हेमन्त धामी, टेक रावत, दिपेन्द्र थापा
काठमाडौं गोर्खाज : उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी, आदिल अन्सारी
पोखरा एभेन्जर्स : अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल
जनकपुर बोल्ट्स : सचिन भट्ट, आदित्य महता, मयन यादव
कर्णाली याक्स : पवन सर्राफ, इमरान शेख, दिपक डुम्रे, युवराज खत्री
बिक्री भएका खेलाडी
- देव खनाल – चितवन राइनोज -१५ लाख रूपैयाँ) (चितवन र लुम्बिनीको लक्की ड्र)
- दिलीप नाथ – लुम्बिनी लायन्स -१० लाख रूपैयाँ
- हेमन्त धामी – सुदूरपश्चिम रोयल्स - १० लाख रूपैयाँ (चार टोलीको लक्की ड्र)
- सूर्य तामाङ – विराटनगर किंग्स - १० लाख रूपैयाँ
- अर्जुन साउद – चितवन राइनोज – १५ लाख रूपैयाँ (लक्की ड्र)
- टेक रावत – सुदूरपश्चिम रोयल्स – २ लाख रूपैयाँ
- शाहिल पटेल – विराटनगर किंग्स – ५ लाख रूपैयाँ
- उत्तम थापा मगर – काठमाडौं गोर्खाज – ३ लाख रूपैयाँ
- पवन सर्राफ – कर्णाली याक्स – १५ लाख रूपैयाँ (लक्की ड्र)
- अभिषेक तिवारी – पोखरा एभेन्जर्स – २ लाख रूपैयाँ
- सचिन भट्ट – जनकपुर बोल्ट्स – २ लाख रूपैयाँ
- अर्जुन कुमाल – पोखरा एभेन्जर्स – ५ लाख रूपैयाँ
- दिपेन्द्र थापा- सुदूरपश्चिम रोयल्स- २ लाख रूपैयाँ
- विशाल पटेल – लुम्बिनी लायन्स - ५ लाख रूपैयाँ
- आदित्य महता- जनकपुर बोल्ट – ५ लाख रूपैयाँ
- तुलबहादुर थापा – काठमाडौं गोर्खाज- २ लाख रूपैयाँ
- सन्तोष यादव- काठमाडौं गोर्खाज – १० लाख रूपैयाँ
- कृष्ण पौडेल – पोखरा एभेन्जर्स- २ लाख रूपैयाँ
- मयन यादव – जनकपुर बोल्ट्स- ७ लाख ४५ हजार रूपैयाँ
- नारायण जोशी – विराटनगर किंग्स – ५ लाख रूपैयाँ
- इमरान शेख- कर्णाली याक्स – २ लाख रूपैयाँ
- आकाश त्रिपाठी – काठमाडौं गोर्खाज- ७ लाख रूपैयाँ
- दिपकप्रसाद डुम्रे – कर्णाली याक्स – २ लाख रूपैयाँ
- आदिल अन्सारी – काठमाडौं गोखार्ज – १५ लाख रूपैयाँ
- युवराज खत्री - कर्णाली याक्स - १० लाख रूपैयाँ
- शेर मल्ल- लुम्बिनी लायन्स- १० लाख रूपैयाँ