रुस्लान थ्रीस्टार क्लब मदन भण्डारी गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेकाे छ।
अाज भएकाे पहिलाे पहिलो सेमिफाइनल खेलमा थ्री स्टारले विभागीय प्रतिद्वन्द्वी पल्सर त्रिभुवन आर्मीलाई पेनाल्टी सुटअाउटमा ५–३ ले पराजित गरेकाे हाे।
इटहरीमा भएकाे खेलमा अार्मीका लागि खेलकाे २५ अाैं मिनेटमा नवयुग श्रेष्ठले कप्तान भरत खवासकाे पासमा गाेल गरेका थिए। यसपछि दाेस्राे हाफकाे ५७ अाैं मिनेटमा थ्री स्टारका मार्टिनले गाेल गर्दै खेल एकएक गाेलकाे बराबरीमा ल्याएका थिए।
निर्धारित समयकाे खेल बराबरीमा टुङ्गिएपछि अतिरिक्त समय थपिएकाे थियाे तर यस समयमा पनि दुवै टाेलीबाट कुनै गाेल हुन सकेन र खेल पेनाल्टी सुटअाउटमा गएकाे थियाे।
यसअघि सुदूरपश्चिममा आयोजित खप्तड गोल्डकपको क्वाटरफाइनलमा आर्मीसँगै पराजित भएर घर फर्किएको थियाे। प्रतियोगिताको क्वाटरफाइनलमा थ्री स्टारले एपिएफलाई २-१ ले पराजित गर्दै आर्मीसँगको भेट पक्का गरेको थियाे।