मनाङ मर्स्याङ्दी क्लब मदन भण्डारी गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेकाे छ। जितसँगै मनाङले शनिबार हुने फाइनलमा थ्रीस्टारसँगकाे भेट पक्का गरेको छ।
अाज भएकाे दाेस्राे सेमिफाइनल खेलमा मनाङले भारतकाे गारिफा स्पाेर्टङ क्लबलाई ३–० गाेल ले पराजित गरेकाे हाे। पहिलाे हाफमा बराबरी खेलेकाे मनाङले दाेस्राे हाफमा तीन गाेल गर्न सफल भयाे।
इटहरीमा भएकाे खेलमा मनाङका लागि खेलकाे ४७ अाैं मिनेटमा सन्ताेष साहुखलले कप्तान अनिल गुरुङकाे पासमा गाेल गरेका थिए। यसपछि ६७ अाैं मिनेटमा साहुखलले दाेस्राे गाेल गर्दै अग्रता बढाए। यस्तै खेलकाे ७६ अौं मिनेटमा विमल रानाले गाेल गर्दै तीन गाेलकाे जित दिलाए।
पहिलाे सेमीफाइनलमा हिजाे थ्रीस्टारले नेपाल अार्मीलाई पेनाल्टी सुटअाउटमा ५–३ ले हराएकाे थियाे।