सहिद स्मारक ए डिभिजन लिगमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जित हात पारेको छ।
सोमबार भएको खेलमा एपिएफले खुमलटारमाथि २-० गोलको जित निकाल्यो।
एपिएफका लागि एबडोउ रमनीले २५ मिनेटमा पहिलो गोल गरे।
७० मिनेटमा अर्मान्ड ब्रेडमले अग्रता दोब्बर पारे।
जितसँगै एपिएफ अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। उसको १२ खेलबाट १७ अंक भएको छ।
खुमलटार १३ अंकसहित एघारौं स्थानमा छ।