स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना पराजित भएको छ।
बुधबार राति भएको खेलमा बार्सिलोनालाई रायो भालेकानोले २-१ गोलले पराजित गर्यो।
खेलको १९ मिनेटमा गार्सिया रेभिराले गोल गर्दै भालेकानोलाई अग्रता दिलाए।
५३ मिनेटमा गार्सिया टोरेशले अग्रता दोब्बर पारे। बार्सिलोनाका लागि लेभान्डोवस्कीले ८३ मिनेटमा गोल गरे।
लिगमा बार्सिलोनाको यो तेस्रो हार हो। हारका बावजुद पनि बार्सिलोना उपाधि होडमा बलियो छ।
आठ खेल बाँकी रहदा शीर्ष स्थानको बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडसँग ११ अंकको अग्रता लिएको छ।
बार्सिलोनाको ३१ खेलबाट ७६ अंक छ भने दोस्रो स्थानको रियलको ६५ अंक छ।