वर्षाका कारण शनिबार तय भएका सहिद स्मारक ए डिभिजन लिगका खेल प्रभावित भएका छन्।
शनिबार दशरथ रंगशालामा हिमालयन शेर्पा र त्रिभुवन आर्मी क्लबको खेल आइतबार सम्मका लागि स्थगित भएको छ।
यस्तै च्यासल मैदानमा संकटा क्लब र जावलाखेल युथ क्लबबीचको खेल पनि वर्षाका कारण प्रभावित भयो। भारी वर्षाका कारण मैदान भिज्दा खेल स्थगित भएको हो।
शेर्पा र आर्मीबीचको खेल दशरथ रंगशालामा भोलि ४:३० बजे तथा संकटा र जावलाखेलबीच दिउँसो १ बजे एन्फा कम्प्लेक्स मैदानमा हुनेछ।
दशरथ रंगशालामा खेल रोकिएको २७ मिनेट (दोस्रो हाफ) र च्यासल रंगशालामा खेल पाँच मिनेट (दोस्रो हाफ) खेलिएको थियो।
त्यतिबेलसम्म शेर्पा र आर्मीबीच एक एकको बराबरी थियो। यस्तै संकटाविरुद्ध जावलाखेले एक गोलको अग्रता लिएको थियो।