म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार भएको खेलमा फुलहममाथि २-१ गोलको जित निकाल्दै शीर्ष स्थानमा पुगेको हो।
सिटीको जितमा हाल्यान्डले तेस्रो मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे। हाल्यान्डले सबै प्रतियोगितामा गरी सिजनमा ५० गोल पूरा गरे।
अल्भारेजले ३६ मिनेटमा सिटीका लागि दोस्रो गोल गरेका थिए।
त्यसअघि फुलहमका अल्भेस मोराइसले १५ मिनेटमा बराबरी गोल फर्काएका थिए।
लिगमा सिटीले ३२ खेलबाट ७६ अंक जोडेको छ। ३३ अंकबाट ७५ अंक जोडेको आर्सनल दोस्रो स्थानमा झरेको छ।
यता आजै भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लाई १-० गोलले पराजित गरेको छ। युनाइटेडको जितमा ब्रुनो फर्नान्डेजले ३९ मिनेटमा गोल गरे।
यस्तै न्युकासलले साउथह्याम्टनलाई ३-१ ले हरायो।
न्युकासल ३३ खेलबाट ६५ अंक जोड्लै तेस्रो स्थानमा छ भने ३२ खेलबाट ६३ अंक जोडेको युनाइटेड चौथो स्थानमा छ।