सहिद स्मारक ए डिभिजन लिगमा लगातार खराब प्रदर्शन गरेपछि मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक किरण श्रेष्ठले राजीनामा दिएको क्लबले जनाएको छ।
नेपाली राष्ट्रिय टिमको सहायक प्रशिक्षक रहिसकेका श्रेष्ठ यहि सिजनदेखि क्लबको मुख्य प्रशिक्षक नियुक्त भएका थिए।
जारी लिगको १३ राउन्डको खेल सकिदा मनाङ पछिल्ला ६ खेलमा पराजित भएको थियो। लिगमा मनाङको यो अहिलेसम्मकै खराब प्रदर्शन हो।
लिगको सर्वाधिक आठ पटकको च्याम्पियन मनाङ पछिल्लो खेलमा चर्च ब्वाइजसँग ३-० गोलले हारेको थियो।
त्यसअघि मनाङलाई नेपाल पुलिस, खुमलटार, त्रिभुवन आर्मी, जावलाखेल र सातदोबाटोले पराजित गरेका थिए।
जारी लिगमा मनाङ १३ खेलबाट १५ अंक जोड्दै दशौं स्थानमा छ।