अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा एसियाली फुटबल महासंघ (एएफसी) को सामाजिक उत्तरदायित्व समितिका सदस्य नियुक्त भएका छन्।
यो समितिको अध्यक्षमा म्यानमार फुटबल महासंघका जाव जाव अध्यक्ष छन्।
समितिको सदस्यमा दावासहित एसियाका विभिन्न राष्ट्रका १५ सदस्य छन्। दावा बी डिभिजन क्लब प्लानिङ ब्वाइजका अध्यक्ष समेत हुन्।
दावा एएफसीको समितिमा नियुक्त हुने एन्फाका दोस्रो पदाधिकारी हुन्।
यसअघि एएफसीको विकास समितिमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ उपाध्यक्ष नियुक्त भएका थिए।
नेम्बाङ यसअघि २०२३ देखि २०२७ सम्मको अवधिका लागि एएफसीको कार्यकारी समितिको सदस्यमा निर्वाचित भएका थिए।