बार्सिलोनाले आगामी खेलमा इस्प्यानियोललाई पराजित गरे चार अघि नै सिजनको ला लिगाको उपाधि जित्ने भएको छ।
मंगलबार दश खेलाडी सीमित ओसासुनालाई १-० गोलले पराजित गरेसँगै बार्सिलोना उपाधि नजिक पुगेको हो। बार्सिलोनको जितमा ८५ मिनेटमा जोर्डी अल्बाले गोल गरेका थिए।
बार्सिलोना आफ्नो प्रतिद्वन्द्वी रियल म्याड्रिडभन्दा १४ अंकले अघि छ।
शीर्ष स्थानको बार्सिलोनाको ३३ खेलबाट ८२ अंक छ भने दोस्रो स्थानको रियलको समान खेलबाट ६८ अंक छ।
बार्सिलोनाले आगामी १४ मेको राति जित हात पारे चार खेलअघि नै उपाधि जित्नेछ।
बार्सिलोनाले चार वर्षपछि लिगको उपाधि जित्नेछ। पछिल्लो पटक बार्सिलोनाले सन् २०१९ मा उपाधि जितेको थियो।