सहिद स्मारक ए डिभिजन लिगमा मनाङले लगातार ६ खेलको हार यात्रा टुंगाएको छ।
बुधबार त्रिभुवन आर्मी क्लबलाई १-० ले पराजित गर्दै मनाङले ६ खेलपछि जित निकाल्यो।
मनाङको जितमा तिमोथी काउडोले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरे।
मनाङ जितसँगै १८ अंक जोडेर छैटौं स्थानमा उक्लियो। पाँचौ स्थानको आर्मीको २० अंक छ।