म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेको छ।
शनिबार लिड्स युनाइटेडलाई २-१ गोलले पराजित गरेसँगै सिटीले लिगको अन्तिम चार खेल बाँकी हुँदा चार अंकको अग्रता लिएको छ।
सिटीका लागि खेलको १९ र २७ मिनेटमा गरी गुन्डोआनले दुई गोल गरेका थिए।
लिड्सका लागि ८५ मिनेटमा रोद्रिगोले गोल फर्काएका थिए।
जितसँगै सिटीले ३४ खेलबाट ८२ अंक जोडेको छ। दोस्रो स्थानको आर्सनलको ७८ अंक छ। जारी लिगमा सिटीको यो लगातार दशौं जित हो।
यो सिजन युरोपियन च्याम्पियन्स लिगको उपाधि यात्रामा पनि रहेको सिटीले आगामी मंगलबार राति स्पेनिस क्लब रियल म्याड्रिडसँग सेमिफाइनलको पहिलो लेग खेल्दैछ। खेल म्याड्रिडको मैदानमा हुनेछ।