रियल म्याड्रिडले यो सिजनको स्पेनिस कोपा डेल रे उपाधि जित्न सफल भएको छ।
सन् २०१४ पछि पहिलो कोपा डेल रेको उपाधि जित्ने क्रममा रियलले शनिबार राति भएको फाइनल भिडन्तमा ओसासुनालाई २-१ गोलले पराजित गर्यो।
रियलका लागि दुवै गोल रोद्रिगोले गरे। उनले खेलको दोस्रो मिनेटमा पहिलो गोल गर्दा ७० मिनेटमा दोस्रो गोल गरेका थिए।
त्यसअघि ओसासुनाका टोरोले ५८ मिनेटमा बराबरी गोल गरेका थिए।
यो रियल म्याड्रिडको २०औं कोपा डेल रे उपाधि हो।
रियलले युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा आगामी मंगलबार राति इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग खेल्दैछ।