इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको आर्सनलले तेस्रो स्थानको न्युकासल युनाइटेडलाई २-० गोलले पराजित गरेको छ।
आर्सनलका लागि ओडेगार्डले १४ मिनेटमा पहिलो गोल गर्दा ७१ मिनेटमा न्युकासलका स्चरले आत्मघाती गोल गरे।
यता म्यानचेस्टर युनाइटेडलाई वेस्ट ह्यामले १-० गोलले हराएको छ।
लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीको ३४ खेलबाट ८२ अंक छ। दोस्रो स्थानको आर्सनलको ३५ खेलबाट ८१ अंक छ।
न्युकासल ३४ खेलबाट ६५ अंक जोड्दै तेस्रो र म्यानचेस्टर युनाइटेड ६३ अंकसहित चौथो स्थानमा छन्।