सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
एन्फा कम्प्लेक्समा भएको खेल २-२ गोलको बराबरीमा सकियो।
खेलको १६ मिनेटमा पुलिसका अहमद हिजाजीले पहिलो गोल गरे। पुलिसका रोशन राना मगरले ३३ मिनेटमा बराबरी गोल फर्काए।
४४ मिनेटमा डाब्लाटजोनोभले गोल गरेपछि मनाङले अग्रता लियो। तर पुलिसका हिजाजीले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरे।
यता अर्को खेलमा फ्रेन्ड्सले एफसी खुमलटारलाई ३-१ गोलले हरायो।
फ्रेन्ड्सका लागि रफिकले चौथो र १६ मिनेटमा गोल गरे। ७८ मिनेटमा फ्रेन्ड्सका लागि सन्तोष खत्रीले तेस्रो गोल गरे।
त्यसअघि खेलको ६७ मिनेटमा खुमलटारका मेसाउकेले गोल गरेका थिए। लिगमा मनङ २० अंकसहित सातौं स्थानमा छ।
पुछारको पुलिसको १६ अंक छ। फ्रेन्ड्स १९ अंहसहित नवौं स्थानमा छ भने खुमलटार १७ अंकसहित पुछारबाट दोस्रो १३औं स्थानमा छ।