बिहीबार कतारको राजधानी दोहामा एसियन कप २०२३ को ड्र गरिएपछि ६ समूहमा प्रतिस्पर्धा गर्ने टिमको टुंगो लागेको छ।
आगामी वर्षको जनवरी १२ देखि फेब्रुअरी १० सम्मका लागि तय गरिएको एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगितामा सात पूर्वविजेता सहितका २४ टिमलाई ६ समूहमा विभाजन गरिएको हो।
प्रतियोगिताको आयोजक र डिफेन्डिङ च्याम्पियन कतार समूह ‘ए’ मा शीर्ष वरियता प्राप्त टोली हो। जहाँ चीन, , ताजिकिस्तान र लेबनानसँग प्रतिस्पर्धा हुनेछ।
समूह ‘बी’ मा २०१५ को च्याम्पियन अस्ट्रेलिया, उज्वेकिस्तान, सिरिया र भारतले नकआउट चरणका लागि प्रतिस्पर्धा गर्नेछन्। भारत एसियन कप खेल्न लागेको एक मात्र दक्षिण एसियाली टिम हो।
समूह ‘सी’ मा तीन पटकको विजेता इरान, सन् १९९६ को उपविजेता युएई, हङकङ र प्यालेस्टाइन छन्।
कीर्तिमानी चार पटकको विजेता जापान, इन्डोनेसिया, २००७ को च्याम्पियन इराक र भियतनाम समूह ‘डी’ मा छन्।
समूह ‘ई’ मा दुई पटकको च्याम्पियन कोरियासँगै मलेसिया, जोर्डन र बहराइनसँग प्रतिस्पर्धा हुनेछ। समूह ‘एफ’ मा तीन पटकको विजेता साउदी अरेबिया, थाइल्याण्ड, किर्गिज गणतन्त्र र ओमान नकआउट चरणका लागि भिड्नेछन् ।
प्रत्येक समूहबाट शीर्ष दुई टोली र चार उत्कृष्ट तेस्रो स्थानमा रहेका टोली राउन्ड अफ १६ मा पुग्नेछन्।
समूह विभाजन
समूह ए: कतार, चीन, ताजिकिस्तान, लेवनान
समूह बी: अस्ट्रेलिया, उज्वेकिस्तान, सिरिया, भारत
समूह सी: इरान, युएई, हङकङ, प्यालेस्टाइन
समूह डी : जापान, इन्डोनेसिया, इराक, भियतनाम
समूह ई: दक्षिण कोरिया, मलेसिया, जोर्डन, बहराइन
समूह एफ: साउदी अरेबिया, थाइल्याण्ड, किर्गिज गणतन्त्र, ओमान