सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबले रेलिगेसन क्षेत्र छाड्न सफल भएको छ।
शुक्रबार दशरथ रंशगालामा भएको खेलमा संकटा क्लबमाथि २-१ गोलको जित निकाल्दै पुलिस पुछारबाट तीन स्थान माथि उक्लियो।
पुलिस १९ अंक जोड्दै ११औं स्थानमा उक्लियो। संकटा भने २० अंकसहित दशौं स्थानमा छ।
शुक्रबार पुलिसका लागि मोसेस टियुनले आठौं मिनेटमा पहिलो गोल गरे।
२३ मिनेटमा संकटाका निशान खड्काले बराबरी गोल फर्काए।
७९ मिनेटमा मोहमद आशिकले गोल गरेपछि पुलिसले खेलमा दोस्रो पटक अग्रता लियो।