सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल एक एक गोलको बराबरीमा सकिएको हो।
खेलमा मनाङले १३ मिनेटमा अग्रता लिएको थियो। मनाङका लागि निराजन धामीले गोल गरेका थिए।
३५ मिनेटमा शेर्पाले बराबरी गोल फर्काउन सफल भयो। शेर्पाका लागि अबायोमी फकुन्लेले बराबरी गोल गरे।
बराबरीसँगै आठौं स्थानको मनाङको २१ अंक भएको छ। नवौं स्थानमा रहेको शेर्पाको पनि २१ अंक नै छ।