सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
सोमबार दशरथ रंगशालामा भएको खेलमा शेर्पाले पहिले अग्रता लियो। उसका लागि म्यानुयल अग्योमाङले ५० मिनेटमा गोल गरे।
संकटाका लागि आयुष घलानले ७४ मिनेटमा पेनाल्टीबाट बराबरी गोल फर्काए।
बराबरीसँगै शेर्पा २२ अंक जोडेर नवौं स्थानमा छ भने संकटा २१ अंकसहित एघारौं स्थानमा छ।
यता एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले खुमलटारलाई ३-० गोले हरायो।
मछिन्द्रका लागि ४२ मिनेटमा आन्द्रेस निआले पहिलो गोल गरे। दोस्रो हाफमा ओलावाले अफिजले ७७ र ८३ मिनेटमा गरी दुई गोल गरे।
जितसँगै मछिन्द्र ३० अंकसहित तेस्रो स्थानमा छ। पुछारको खुमलटारको १७ अंक छ।