इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीलाई ३-० गोलले पराजित गरेको छ।
सोमबार राति भएको खेलमा लिभरपुलको जितमा कर्टिस जोन्सले ३३ र ३६ मिनेटमा गरी दुई गोल गरे। अलेक्जन्डर अर्नोल्डले ७१ मिनेटमा तेस्रो गोल गरे।
जितसँगै लिभरपुल ३६ खेलबाट ६५ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा छ।
यता सन् २०१६ को च्याम्पियन लेस्टरमाथि भने रेलिगेसनको खतरा बढेको छ। अन्तिम दुई खेल बाँकी छदा लेस्टर ३० अंक जोडेर पुछारबाट दोस्रो १९औं स्थानमा छ।
रेलिगेसन जोनबाट अघि रहेको एभर्टनभन्दा लेस्टर २ अंकले पछि छ।
लेस्टरले पछिल्लो १४ खेलमा एक खेलमा मात्र जित हात पारेको छ। अब उसले न्युकासल र वेस्ट ह्यामसँग खेल्न बाँकी छ।