सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लबले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
मंगबलार दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले पहिले अग्रता लिए पनि आर्मीले बराबरी गोल फर्काउँदै अंक खोस्न सफल भयो।
खेलको ६८ मिनेटमा लकेन लिम्बूको गोलबाट थ्रीस्टारले अग्रता लिएको थियो। उनले सेन्टर एरियाबाट हानेको शक्तिशाली प्रहारले जाली चुमेको थियो।
तर खेल सकिन चार मिनेट बाँकी छदा आर्मीका दिनेश हेन्जनले बराबरी गोल गर्न सफल भए।
अंक तालिकामा थ्रीस्टार २६ अंक जोड्दै चौथो स्थानमा उक्लियो। आर्मी २५ अंकसहित छैटौं स्थानमा छ।