इंग्लिस क्लब ब्रेन्टफोर्डका स्ट्राइकर इभान टोनीले फुटबल एसोसिएसनको सट्टेबाजी नियम तोडेको स्वीकार गरेपछि आठ महिनाको लागि फुटबलबाट प्रतिबन्ध लगाइएको छ।
टोनीलाई ५० हजार पाउन्ड जरिवाना गरिएको छ। उनको प्रतिबन्ध तुरुन्तै सुरु हुन्छ। तर २७ वर्षीया टोनी प्रतिबन्ध सकिनुभन्दा चार महिना अघि ब्रेन्टफोर्डसँग प्रशिक्षणमा फर्कन सक्ने५न्।
उनलाई १७ जनवरी २०२४ पछि खेल्न दिइनेछ।
एफएका अनुसार एक स्वतन्त्र नियामक आयोगद्वारा व्यक्तिगत सुनुवाई पछि उनलाई प्रतिबन्ध लगाइएको थियो।
टोनीले २५ फेब्रुअरी २०२७ र २३ जनवरी २०२१ को बीचमा गरेका कामका लागि लागि दोषी पाइएको थियो। जुन समयमा टोनीले विगन एथलेटिक, पिटरबरो युनाइटेड र ब्रेन्टफोर्डको प्रतिनिधित्व गरेका थिए।
टोनीले यो सिजन प्रिमियर लिगका ३३ खेलमा २० गोल गरेका छन्, जसले ब्रेन्टफोर्डलाई तालिकाको नवौं स्थानमा ल्याउन मद्दत गरेको थियो।
उनी गत सेप्टेम्बरमा इंग्लिस टिममा परेका थिए।