सिजनको युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेपछि इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले गत वर्षको पीडा हटेको प्रतिक्रिया दिएका छन्।
गत सिजनको सेमिफाइनलमा सिटीलाई स्पेनिस क्लब रियल म्याड्रिडले समग्रमा ६-५ गोलले पराजित गरेको थियो।
यस सिजन भने सिटीले रियललाई सेमिफाइनलमा समग्रमा ५-१ गोलले पछि पार्दै फाइनलमा स्थान बनायो।
‘जब म्याड्रिडमा बराबरी भयो। मैले त्यस्तै चाहेको थिए,’ उनले भने, ‘गत सिजन हामीले जुन पीडा भोगेका थियौं। मैले यी अन्तिम दिनहरूमा महसुस गरेको थिएँ कि, हामीसँग यस प्रकारका खेलहरू खेल्नको लागि शान्त र तनावको मिश्रण हुनुपर्छ।’
गार्डिओलाले अघि भने, ‘गत सिजन धेरै पीडादायी थियो। एक वर्षको दौरान हाम्रो टिम कति विशेष छ भन्ने हामीले देखाएका छौं।’