युरोपा लिगको उपाधिका लागि स्पेनिस क्लब सेभिया र इटालियन क्लब रोमा भिड्ने भएका छन्।
सेमिफाइनमा रोमाले जर्मन क्लब लेभरकुजेनलाई समग्रमा १-० गोलले हरायो।
पहिलो लेगमा रोमाले १-० गोलले जित निकाल्दा दोस्रो लेग गोलरहित बराबरीमा सकियो।
यता सेभियाले इटालियन क्लब युभेन्ट्सलाई समग्रमा ३-२ गोलले पछि पार्यो।
पहिलो लेगमा १-१ को बराबरीमा सकिदा दोस्रो लेगमा सेभिया २-१ ले विजयी।
अब उपाधिका लागि रोमा र सेभियाबीच जुन १ मा प्रतिस्पर्धा हुनेछ।