इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बर्नमाउथलाई पराजित गरेको छ।
शनिबार भएको खेलमा युनाइटेड १-० गोलले विजयी भयो।
युनाइटेडको जितमा कासेमिरोले नवौं मिनेटमा गोल गरे।
जितसँगै अंक तालिकाको चौथो स्थानमा रहेको युनाइटेडले ३६ खेलबाट ६९ अंक जोडेको छ भने च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ।
यता अर्को खेलमा लिभरपुल र एस्टन भिल्लाले १-० गोलको बराबरी खेलेका छन्।
लिभरपुलका लागि फिर्मिनोले ८९ मिनेटमा बराबरीमा गोल फर्काएका थिए।
त्यसअघि जे राम्सीको गोलबाट एस्टन भिल्लाले २७ मिनेटमा गोल गरेका थिए।
बराबरीपछि पाँचौं लिभरपुलले ३७ खेलबाट ६६ अंक जोडेको छ। भिल्ला ५८ अंकसहित सातौं स्थानमा छ।