म्यानचेस्टर सिटीले लगातार तेस्रो सिजन इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ।
शनिबार राति उपाधि होडमा रहेको आर्सनल नटिघम फरेस्टसँग १-० गोलले पराजित भएसँगै सिटी तीन खेल अघि नै सिजनको च्याम्पियन बनेको हो।
शीर्ष स्थानको सिटीले अंक तालिकामा ३५ खेलबाट ८५ अंक जोडेको छ। अन्तिम खेलअघि दोस्रो स्थानको आर्सनलको ३७ खेलबाट ८१ अंक छ।
सिटी छ वर्षमा पाँचौं पटक च्याम्पियन बनेको छ र अब ऐतिहासिक ट्रेबल जित्ने मौका छ।
सिटीले ३ जुनमा एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ। १० जुनमा युरोपियन च्याम्पियन्स लिगको उपाधिका लागि इटालियन क्लब इन्टर मिलानसँग इस्तानबुलमा प्रतिस्पर्धा गर्नेछ। दुवै फाइनल जिते सिटीले ट्रेबल गर्नेछ।
म्यानचेस्टर युनाइटेड छ सिजनमा पाँच प्रिमियर लिग उपाधि जित्ने अन्तिम टोली थियो। युनाइटेडले १९९६ देखि २००१ बीचमा ६ सिजनमा पाँच उपाधि जितेको थियो। युनाइटेडले १९९९ मा ट्रेबल जितेको थियो।