सेन्ट्रल अमेरिकी देश एल साल्वाडोरको राजधानी सान साल्भाडोरको एक फुटबल रंगशालामा भएको दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने पाँच सय भन्दा बढी घाइते भएका छन्।
बिबिसीका अनुसार स्थानीय टोली अलियान्जा र सान्ता आनाको टिम फासबीच कस्कटलान रंगशालामा भएको खेलका दौरान रंगशालाबाहिर भागदौड भएको हो। भागदौडमा मानिसहरूको मृत्यु भएपछि खेल स्थगित गरिएको थियो।
एल साल्वाडोरका राष्ट्रपति नायिब बुकेलेले घटनालको विस्तृत अनुसन्धान सुरु गरिने बताए।
रंगशालाको गेटहरू बन्द भएपछि ठूलो संख्यामा फ्यानहरूले रंगशाला प्रवेश गर्न खोजेपछि दुर्घटना भएको बताइएको छ।
केही फ्यानहरूलाई नक्कली टिकट बेचेको विषयमा अनुसन्धान भइरहेको बताए।
स्थानीय मिडियाले सार्वजनिक फुटेजमा फ्यानहरूले रंगशालाको गेटमा लगाएको अवरोध तल तान्न प्रयास गरिरहेको देखिएको छ।
युट्युबमा पोष्ट गरिएको खेलको लाइभस्ट्रिममा रंगशाला बाहिर हंगामा भएपछि खेल स्थगित भएको देखाउँछ।
फ्यानहरूले जमिनमा भएका मानिसहरूलाई आफ्नो शर्टहरू हल्लाउँदै तिनीहरूलाई चिसो पार्न प्रयास गरिरहेका देखिन्छ।
राष्ट्रपति बुकेलेले टोली, व्यवस्थापक, स्टेडियम अधिकारी, लिग र महासंघ सहित सबैलाई छानबिन गरिने बताए।
साल्भाडोरन सकर फेडेरेसनले आइतबार हुने सबै राष्ट्रिय स्तरका फुटबल खेलहरू स्थगित गर्ने जनाएको छ।