जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएपछि दोस्रो स्थानको बोरुसिया डर्टमुन्डलाई उपाधि जित्ने अवसर आएको छ।
शनिबार भएको खेलमा बायर्नलाई आरबी लाइपजिगले ३-१ गोलले पराजित गर्यो। हारसँगै बायर्न म्युनिखको लगातार ११ औं बुन्डेसलिगा उपाधिको आशालाई ठूलो धक्का लागेको छ।
अन्तिम खेलअघि शीर्ष स्थानको बायर्नको ६८ अंक भएको छ। दुई खेल खेल्न बाँकी डर्टमुन्डको ६७ अंक छ।
अब आज राति डर्टमुन्डले अग्सबर्गसँग खेल्दैछ। जित हात पारे डर्टमुन्ड शीर्ष स्थानमा उक्लनेछ।
अन्तिम खेलमा डर्ममुन्डले मेन्ज र बार्यनले कोलन खेल्दैछन्।
बाँकी रहेका दुवै खेलमा जित हात पारे डर्टमुन्ड च्याम्पिनय बन्नेछ।
डर्टमुन्डले दुई मध्ये एक खेलमा अंक गुमाएको अवस्थामा वार्यनको सम्भावना हुनेछ। दुवै खेलमा जित निकाले डर्टमुन्डले २०१२ पछि पहिलो उपाधि जित्नेछ।