जर्मन बुन्डेस लिगाको उपाधिको टुंगो सिजनको अन्तिम दिन लाग्ने भएको छ।
आइतबार भएको खेलमा बोरुसिया डर्टमुन्डले अग्सवर्गलाई ३-० गोलले पराजित गरेर शीर्ष स्थानमा पुगेसँगै लिग उपाधिको टुंगो अन्तिम दिन लाग्ने भएको हो।
लिगको शीर्ष स्थानको डर्ममुन्डको अन्तिम खेलअघि ७० अंक भएको छ। दोस्रो स्थानको बायर्न म्युनिख ६८ अंक छ।
अब अन्तिम दिन २७ मेमा डर्टमुन्डले मेन्ज र बार्यनले कोलनसँग खेल्दैछन्।
डर्टमुन्डका लागि उपाधि जित्न बराबरी काफी छ। तर बायर्नका लागि आफूले जितेर मात्र पुग्दैन डर्टमुन्डको हारको कामना गर्नु पर्नेछ।
डर्टमुन्डले २०१२ पछि पहिलो उपाधि जित्नेछ। बायर्न म्युनिखको लगातार ११ औं बुन्डेसलिगा उपाधिको आशा कमजोर भएको छ।