स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड भिनिसियस जुनियरले भ्यालेन्सियामा रंगभेदी नारा लगाएपछि ‘ला लिगा रंगभेदीहरूको हो’ भनेका छन्।
२२ वर्षीय ब्राजिलियन फरवार्ड भिनिसियसलाई ला लिगाअन्तर्गत रियल म्याड्रिड भ्यालेन्सियासँग १-० गोलले पराजित भएको खेलको दोस्रो हाफको इन्जुरी टाइमको सातौं मिनेटमा ह्युगो डुरोसँग झगडा भएपछि हिंसात्मक आचरणको लागि रातो कार्ड दिइएको थियो।
खेलको सुरूदेखि नै रिसाएका भिनिसियसले भ्यालेन्सियाका फ्यानको व्यवाहारको विषयमा रेफ्रीसँग कुरा गरेका थिए।
खेल ७० औं मिनेटमा रोकिएको थियो। त्यतिबेला भिनिसियसले भीडमा रहेका फ्यानहरूले आफूलाई दुव्यवहार गरिरहेका छन् भनेर देखाउन प्रयास गरेका थिए।
‘कुनै बेला रोनाल्डिन्हो, रोनाल्डो, क्रिस्टियानो र मेसीले खेलेको ला लिगा आज रंगभेदीहरूको हो,’ भिनिसियसले इन्स्टाग्राममा लेखेका छन्।
‘यो पहिलो पटक होइन, दोस्रो, वा न तेस्रो पटक हो। ला लिगामा रंगभेद सामान्य छ। प्रतियोगिताले यो सामान्य हो भन्ने सोच्छ, महासंघले पनि गर्छ र विपक्षीहरूले यसलाई प्रोत्साहित गर्छन्। एउटा सुन्दर राष्ट्र जसले मलाई स्वागत गर्यो। जसलाई म माया गर्छु, तर आज यो देशको छवि संसारमा रंगभेदीको रुपमा छ। मसँग सहमत नहुने स्पेनिससँग माफी चाहन्छु, तर आज ब्राजिलमा स्पेनलाई रंगभेदीको देशको रूपमा चिनिन्छ।’
भिनिसियसलाई जातीय दुर्व्यवहार गरेका दुई जना फ्यानको पहिचान भएको तथा भ्यालेन्सियाद्वारा रंगशालामा प्रतिबन्ध लगाउने अपेक्षा गरिएको छ।
ला लिगाले एक विज्ञप्तिमामार्फत् अपराध पहिचान भएमा उपयुक्त कानुनी कारबाही गर्ने जनाएको छ। साथै अनुसन्धान गर्ने बताउँदै फुटेज उपलब्ध गराउन सबैलाई आह्वान गरेको छ।