सहिद स्मारक ए डिभिजन लिगको उपाधि होडमा रहेको जावलाखेल युथ क्लबलाई धक्का लागेको छ।
जावलाखेललाई शनिबार भएको खेलमा एपिएफ क्लबले २-० गोलले पराजित गर्यो।
एपिएफको जितमा अर्मान्डले २३ मिनेटमा पहिलो गोल गरे।
पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा अभाव लामिछानेले एपिएफको अग्रता दोब्बर पारे।
हारसँगै जावलाखेलले दोस्रो स्थानमा पुग्ने मौका गुमायो। जावलाखेलको २२ खेलबाट ३४ अंक छ।
एपिएफको २२ खेलबाट २९ अंक भएको छ।