सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र उपविजेता बनेको छ।
गत वर्षको विजेता मनाङले अन्तिम खेलअघि हिमालयन शेर्पालाई ३-१ गोलले हराउँदै दोस्रो स्थान पक्का गरेको हो। यसअघि चर्च ब्वाइज क्लब लिगको विजेता बनेको थियो।
मछिन्द्रका लागि विमल घर्तिमगरले २६ मिनेटमा पहिलो गोल गर्दा ओलावालेले ६८ र ७७ मिनेटमा गरी दुई गोल गरे।
यता शेर्पाका लागि मुताम्बाले ९० मिनेटमा गोल फर्काए। जितसँगै मछिन्द्रले अन्तिम खेलअघि ४२ अंक पुर्यायो।
शेर्पा ३१ अंहसहित दशौं स्थानमा छ। यता मनाङ मर्स्याङ्दी क्लब पराजित भएको छ।
मनाङलाई एनआरटीले १-० गोलले हरायो। एनआरटीका लागि दिपेश आलेले १७ मिनेटमा गोल गरे।
जितसँगै एनआरटी ३३ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ। मनाङ भने ३२ अंकसहित सातौं स्थानमा छ।