स्पेनिस क्लब रियल म्याड्रिडले बोरुसिया डर्टमन्डसँग १०३ मिलियन युरोमा इङ्ल्यान्डका मिडफिल्डर जुड बेलिङघमलाई अनुबन्धन गर्न सहमत भएको छ।
सन् २०२० को जुलाईमा बर्मिङ्घम सिटीबाट डर्टमण्डमा आबद्ध भएका १९ वर्षीया बेलिङघमले ग वर्षको विश्वकपमा इङ्ल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए।
बेलिङघको केही दिनमा मेडिकल हुनेछ।
युरोपका केही शीर्ष क्लबले उनलाघ भित्र्याउन सफल भए पनि रियलले बाजी मारेको हो। उनले छ वर्षको सम्झौतामा हस्ताक्षर गर्नेछन्।
डर्टमन्डले एक विज्ञप्तिमा जारी गर्दै रियलले १०३ मिलियन यूरो तिर्न सहमत भएको छ जाएको छ।
म्यानचेस्टर सिटी र लिभरपुल बेलिङघम भित्र्याउन उत्सुक थिए।
गत अप्रिलमा लिभरपुलले रकममा कारणले बेलिङघमलाई अनुबन्ध गर्ने दौडबाट बाहिरिएको थियो।
उनले डर्टमन्डमा उत्कृष्ट प्रदर्शन गर्न सफल भए। गत वर्ष अक्टोबरमा १९ वर्षको उमेरमा क्लबको सबैभन्दा कान्छो कप्तान बनेर इतिहास रचे।
बेलिङघमले यस सिजन आफ्नो क्लबका लागि ४२ खेलमा १४ गोल र सात असिस्ट गरे।