लुसियानो रोड्रिग्वेजको निर्णायक गोलमा उरुग्वेले पहिलो पटक फिफा यू-२० विश्वकप जित्न सफल भएका छ।
गाम्बिया विरुद्ध रातो कार्ड पाएपछि दुई खेल गुमाएपछि फाइनलमा फर्किएका उनले खेल सकिन चार मिनेट बाँकी छदा गोल गरेका थिए।
इटालीका एन्डरसन डुआर्टेले पहिलो हाफमा उत्कृष्ट मौका पाएका थिए, तर उनको क्लोज-रेन्ज हेडरलाई उरुग्वेका सेबास्टियानो डेस्प्लान्चले विफल पारे।
अर्जेन्टिनामा भएको प्रतियोगिताको सेमिफाइनलमा दक्षिण कोरियालाई पराजित गर्दै इटाली फाइनलमा पुगेको थियो।
उरुग्वेले भने इजरायललाई हराएर फाइनलमा स्थान बनाएको थियो।
यता तेस्रो स्थानका लागि भएको खेलमा इजरायल विजयी भएको छ।