स्पेनिस महारथी रियल म्याड्रिडले जर्मन क्लब बोरुसिया डर्टमण्डबाट इंग्ल्याण्डका मिडफिल्डर जुड बेलिङघमलाई ६ वर्षको सम्झौता गरेको छ।
विभिन्न सम्भावित एड-अनबाहेक १९ वर्षीय बेलिङघम लागि १०३ मिलियन युरो तिर्नेछ।
यदि ती एड-अनहरू प्राप्त भएमा सम्झौता १३३.९ मिलियन युरो पुग्न सक्ने बिबिसीले जनाएको छ।
बर्मिङघम सिटीबाट करियर सुरु गरेका बेलिङघमलाई बिहीबार एक समारोहमा रियल म्याड्रिडका खेलाडीको रुपमा प्रस्तुत गरिने छ।
फिफा विश्वकप २०२२ मा उनले इंग्ल्यान्डका लागि प्रभावशाली खेल देखाएका थिए।
प्रारम्भिक शुल्कको अर्थ उनी ज्याक ग्रेलिसपछि दोस्रो-सबैभन्दा महँगो (८८.५ मिलियन पाउन्ड) इंग्लिस फुटबलर बनेका छन्। ग्रेलिसको लागि म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई २०२१ मा सय मिलियन पाउन्ड तिरको थियो।
सन् २०१९ मा चेल्सीबाट इडेन हाजार्डको ११५ मिलियन युरोमा गएपछि बेलिङघम रियल म्याड्रिडको दोस्रो महँगा खेलाडी पनि हुन्।
बेलिङघमले डर्टमण्डमा उत्कृष्ट प्रदर्शन गर्न सफल भए। गत वर्ष अक्टोबरमा १९ वर्षको उमेरमा क्लबको कान्छो कप्तान बनेर इतिहास रचे।
उनले २०२२-२३ मा आफ्नो क्लबको लागि ४१ खेलमा १४ गोल र ७ असिस्ट गरे।