नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुने नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिताको दोस्रो संस्करणको आगामी मंसिर ९ देखि पुस २१ सम्म हुने भएको छ।
विवादका कारण दुई वर्षदेखि हुन नसकेको प्रतियोगिताका लागि यसअघि नै अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनुमति दिएको थियो।
एनएसएलमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची सहभागी हुनेछन्।
ए डिभिजन क्लबसँगको विवादका कारण एनएसएल खेलाडीको अक्सन भइसकेको अवस्थामा पटक पटक स्थगित भएको थियो।
२०७७ सालमा भएको सिजनमा काठमाडौं रेजर्स च्याम्पियन भएको थियो।