साविक विजेता म्यानचेस्टर सिटीले प्रिमियर लिग सिजन २०२३-२४ को पहिलो खेल शुक्रबार ११ अगस्टमा यो सिजन बढुवा भएको बर्नलीसँग खेल्ने भएको छ।
सिटीले पहिलो खेल नै आफ्ना पूर्वकप्तान भिन्सेन्ट कोम्पनीको प्रशिक्षणमा रहेको वर्नलीसँग खेल्ने भएको हो।
यस्तै सिजनको पहिलो खेलमै लिभरपुल र चेल्सी भिड्ने भएका छन्।
म्यानचेस्टर युनाइटेडले सोमबार १४ अगस्टमा ओल्ड ट्राफोर्डमा वुल्भ्सविरुद्ध सिजनको सुरुवात गर्नेछ।
सन् २०२२-२३ मा प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कप जितेर ट्रेबल गरेको सिटी यो सिजन लगातार चौथो उपाधि जित्ने लक्ष्यमा हुनेछ।
पेप ग्वार्डिओलाको टोलीले पछिल्ला ६ सिजनमध्ये पाँचमा प्रिमियर लिग जितेको छ।
बर्नलीका प्रशिक्षक कोम्पनीले सिटीमा ११ वर्ष बिताउदा चार लिग उपाधि जितेका थिए।
२०२३-२४ प्रिमियर लिग सिजन आइतबार १९ मे २०२४ मा समाप्त हुन्छ।
पहिलो राउन्ड
शुक्रबार, अगस्ट ११
बर्नली भर्सेस म्यानचेस्टर सिटी
शनिबार, अगस्ट १२
आर्सनल भर्सेस नटिङघम फरेस्ट
बर्नमाउथ भर्सेस वेस्ट ह्याम
ब्राइटन भर्सेस लुटन टाउन
एभर्टन भर्सेस फुलहम (१५:००)
शेफिल्ड युनाइटेड भर्सेस क्रिस्टल प्यालेस
न्यूकासल युनाइटेड भर्सेस एस्टन भिल्ला
आइतबार, अगस्ट १३
चेल्सी भर्सेस लिभरपुल
सोमबार, अगस्ट १४
म्यानचेस्टर युनाइटेड भर्सेस वोल्भरह्याम्प्टन वान्डरर्स