अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई पराजित गरेको छ।
चीनको राजधानी बेइजिङस्थित वर्कर्स रंगशालामा भएको खेलमा अर्जेन्टिना २-० गोलले विजयी भएको हो।
अर्जेन्टिनाको जितमा लिओनल मेसी र पेजेल्लाले गोल गरे।
मेसीले खेलको दोस्रो मिनेटमै गोल गर्दै अर्जेन्टिनालाई सुरुवातमै अग्रता दिलाए। ६८ मिनेटमा पेजेल्लाले अग्रता दोब्बर पारे।
अब अर्जेन्टिनाले जुन १९ मा इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्नेछ।