युइएफए युरोपियन च्याम्पियनसिपको छनोटमा फ्रान्स र इंग्ल्यान्ड विजयी भएका छन्।
शुक्रबार राति भएको समूह ‘सी’ को खेलमा इंग्ल्यान्डले माल्टालाई ४-० गोलले पराजित गर्यो।
तेस्रो मिनेटमा माल्टाका अपापले आत्मघाती गोल गर्दा इंग्ल्यान्डका लागि अलेक्जेन्डर अर्नोल्डले २८ मिनेटमा अग्रता दोब्बर पारे।
यस्तै ह्यारी केनले ३१ मिनेट र विल्सनले ८३ मिनेटमा थप गोल गरे।
जितसँगै इंग्ल्यान्ड ९ अंकसहित समूहमा शीर्ष स्थानमा छ।
यता फ्रान्सले समूह ‘बी’ को खेलमा जिब्राल्टरलाई ३-० गोलले हरायो। उसका लागि जिरुडले तेस्रो मिनेटमा पहिलो गोल गरे।
एमबाप्पेले पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दा मोएइल्हीले ७८ मिनेटमा तेस्रो गोल गरे।
जितसँगै फ्रान्स समूहमा ९ अंक जोड्दै शीर्ष स्थानमा छ।