क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमका लागि १९९औं खेल खेल्दा पोर्चुगल विजयी भएको छ।
युरोपियन च्याम्पियन्सिपको छनोटअन्तर्गत समूह ‘जे’ को खेलमा पोर्चुगलले बोस्निया-हर्जगोभिनालाई ३-० गोलले पराजित गर्यो।
पोर्चुगलका लागि बर्नान्डो सिल्भाले खेलको ४४ मिनेटमा पहिलो गोल गरे। ब्रुनो फर्नान्डेजले ७७ र दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गरी दुई गोल गरे।
जितसँगै पोर्चुगलले समूहमा शीर्ष स्थानमा रहदै ९ अंक जोडेको छ।
यता नर्वेलाई स्कटल्यान्डले २-१ गोलले पराजित गरेको छ।
हाल्यान्डले ६१ मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए पनि अन्तिम तीन मिनेट बाँकी छदा स्कटल्यान्डले दुई गोल गर्यो।
समूहमा स्कटल्यान्डले ९ अंक जोड्दा चौथो स्थानको नर्वेको १ अंक मात्र छ।