अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले सानदार जित हात पारेको छ।
गिनीविरुद्ध स्पेनमा भएको खेलमा ब्राजिल ४-१ गोलले विजयी भएको हो।
ब्राजिलका लागि चार फरक खेलाडीले गोल गरे।
खेलको २७ मिनेटमा जोइलिन्टनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए। ३० मिनेटमा रोद्रिगोले अग्रता दोब्बर पारे।
अफ्रिकी देश गिनीका लागि गिरासीले ३६ मिनेटमा गोल गर्न सफल भए।
४७ मिनेटमा इडर मिलिटाओले ब्राजिलका लागि तेस्रो गोल गर्दा ८८ मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीमा चौथो गोल गर्न सफल भए।
ब्राजिलले अब जुन २१ मा सेनेगलसँग मैत्रीपूर्ण खेल खेल्नेछ। खेल पोर्चुगलमा हुनेछ।