दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपअघि भारतले इन्टरकन्टिनेल्टल कप जितेको छ।
घरेलु भूमीमा आयोजित प्रतियोगिता जित्ने क्रममा भारतले आइतबार भएको फाइनलमा लेवनानलाई २-० गोलले पराजित गर्यो।
भारतको जितमा सुनील क्षेत्रीले ४६ मिनेटमा पहिलो गोल गर्दा ६५ मिनेटमा लालियानजुउलाले अग्रता दोब्बर पारेका थिए।
प्रतियोगितामा मंगोलिया र भानुआटुले पनि भाग लिएका थिए। लिग चरणमा भारतले लेवनानसँग गोलरहित बराबरी खेल्दा भानुआटुलाई १-० र मंगोलियालाई २-० गोलले हराएको थियो।
भारतमा हुने साफ असार ६ देखि हुनेछ। भारतरहेको समूहमा नेपालसहित कुवेत र पाकिस्तान छन्।