युरोपियन च्याम्पियनसिप २०२४ को छनोट खेलमा फ्रान्सले जितको यात्रालाई निरन्तरता दिएको छ।
सोमबार राति भएको खेलमा फ्रान्सले ग्रिसलाई १-० गोलले पराजित गर्दै लगातार चौथो जित निकाल्यो।
फ्रान्सको जितमा एमबाप्पेले खेलको ५५ मिनेटमा पेनाल्टीमार्फत् गोल गरे।
ग्रिसका माभ्रोपानोसले ग्रिजम्यानलाई फउल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थिए।
माभ्रोपानोसले ६९ मिनेटमा रातो कार्डका थिए। उनले फ्रान्सका कोलो मुआनीलाई लडाएपछि रेफ्रीले रातो कार्ड देखाएका थिए।
जितसँगै समूह ‘बी’ मा फ्रान्सले ४ खेलबाट १२ अंक जोडेको छ।