युरोपियन च्याम्पियनसिप २०२३ अन्तर्गत समूह ‘सी’ को छनोटमा इंग्ल्यान्डले लगातार चौथो खेलमा जित निकालेको छ।
इंग्ल्यान्डले सोमबार राति भएको खेलमा नर्थ म्यासेडोनियामाथि ७-० गोलको फराकिलो अन्तरको जित निकाल्यो।
इंग्ल्यान्डको फराकिलो अन्तरको जितमा बुकायो साकाले ह्याट्रिक गरे। उनले खेलको ३८, ४७ र ५१ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। साकाको यो करिअरको पहिलो ह्याट्रिक हो।
यस्तै ह्यारी केनले २९ मिनेटमा पहिलो गोल गर्दा ७३ मिनेटमा पेनाल्टीमार्फत् व्यक्तिगत दोस्रो गोल गरे। केनको यो ५७ र ५८औं अन्तर्राष्ट्रिय गोल हो।
इंग्ल्यान्डका लागि थप गोल रासफोर्डले ४५ मिनेटमा र फिलिप्सले ६४ मिनेटमा गरेका थिए।
जितसँगै समूह ‘सी’ मा इंग्ल्यान्डले ४ खेलबाट १२ अंक जोडेको छ। दोस्रो स्थानको युक्रेनको ३ खेलबाट ६ अंक छ भने इटाली २ खेलबाट ३ अंक जोड्दै तेस्रो स्थानमा छ।