युरोपियन च्याम्पियनसिप २०२४ को छनोटमा नर्वेले साइप्रसलाई ३-१ गोलले पराजित गरेको छ।
मंगलबार राति भएको समूह ‘ए’ को खेलमा नर्वेका लागि हाल्यान्डले दुई गोल गरे।
खेलको १२ मिनेटमा सोल्बाकेनको गोलबाट नर्वेले अग्रता लिन सफल भएको थियो।
हाल्यान्डले खेलको ५६ मिनेटमा पेनाल्टीबाट नर्वेको अग्रता दोब्बर पारे। तीन मिनेटपछि उनले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्न सफल भए।
साइप्रसका लागि इन्जुरी टाइममा कास्तानोसले गरेको गोल सान्त्वनामा सीमित बन्यो।
जितसँगै नर्वेले समूहमा चार खेलबाट चार अंक जोडेर तेस्रो स्थानमा उक्लन सफल भएको छ। समूहमा स्कटल्यान्ड १२ अंकसहित शीर्ष स्थानमा रहदा दोस्रो स्थानको जर्जियाको ४ अंक छ। चौथो स्थानमा रहेको स्पेनको ३ अंक छ। स्पेनले २ खेल मात्र खेलेको छ।