साफ च्याम्पियनसिपमा आमन्त्रित टिम लेवनानले बंगलादेशलाई पराजित गरेको छ।
भारतको बेंग्लोरमा बिहीबार दिउँस भएको समूह ‘बी’ को खेलमा लेवनानले २-० गोलको जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लेवनानका लागि हसन माटोउकले ७९ मिनेटमा पहिलो गोल गरे।
दोस्रो हाफको इन्जुरी टाइमको छैटौं मिनेटमा खली बडेरले लेवनानको अग्रता दोब्बर पारेका थिए।
साफमा नेपाल समूह ‘ए’ मा छ। बुधबार भएको उद्घाटन खेलमा नेपालले कुवेतसँग ३-१ गोलको हार बेहोरेको थियो। यो समूहको अर्को खेलमा आयोजक भारतले पाकिस्तानलाई ४-० गोलले हराएको थियो।
नेपालले शनिबार दोस्रो खेलमा भारतसँग खेल्नेछ।